पर्सा-२ मा रास्वपाका सुशील कुमार कानु निर्वाचित

सफल खबर संवाददाता

शनिबार, २३ फागुन २०८२, १२ : ४६
पर्सा-२ मा रास्वपाका सुशील कुमार कानु निर्वाचित

काठमाडौँ । प्रतिनिधि सभा सदस्यतर्फ पर्सा निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील कुमार कानु निर्वाचित भएका छन्।

अन्तिम मत परिणाम अनुसार कानुले ३० हजार ७ सय ४० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका अजयकुमार चौरसियाले ११ हजार ८ सय ९० मत प्राप्त गरेका छन् । एमालेकी रिमाकुमारी यादवले ११ हजार ६ सय ५ मत पाएकी छन्।

कानुले आफ्नो प्रतिद्वन्द्वीसँग १८ हजार ८ सय ५० मतको फराकिलो अन्तर बनाउँदै प्रतिनिधिसभा सदस्यको रूपमा विजय हासिल गरेका हुन्।

प्रतिक्रिया दिनुहोस