ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम राखेका छन् ।
ललितपुर क्षेत्र नम्बर १ को जारी मतगणनाअनुसार रास्वपाका बुद्धरत्न महर्जन २० हजार २०८ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय शमशेर राणाले १२ हजार ४०३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का उम्मेदवार चेतननाथ सञ्जेलले ६ हजार १४८ मत ल्याएका छन् ।
उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले दुई हजार ६४२ तथा नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनले एक हजार ८७६ मत प्राप्त गरेक छन् ।
ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल ११ हजार ५४७ मतसहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले एक हजार ५१९ मत प्राप्त गरेका छन् भने एमालेका प्रेमबहादुर महर्जनले एक हजार १३६ मत ल्याएका छन् ।
त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्की ३१ हजार ५९० मतसहित अग्रस्थानमा रहेकी छिन् । नेपाली कांग्रेसका जीतेन्द्र श्रेष्ठले ६ हजार ३६९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका राजकाजी महर्जनले तीन हजार ४५९ मत प्राप्त गरेको छ भने एमालेका सन्दन थापा मगरले दुई हजार १७४ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने