काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानको निर्वाचन परिणामहरु सार्वजनिक भईरहेका छन् । कुल १६५ विर्नचन क्षेत्रको प्रत्यक्ष तर्फका मतगणनाका अन्तिम परिणामहरु सार्वजनिक भईरहेका हुन् ।
निर्वाचन आयोगका अनुसार, अहिलेसम्म २८ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । बाँकी निर्वाचन क्षेत्रमा मतगणना जारी छ । केही निर्वाचन क्षेत्रमा भने आज बिहानबाट मतगणना गर्ने तयारी छ ।
अहिलेसम्म सार्वजनिक भएको अन्तिम परिणाम अनुसार २० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु विजयी भएका छन् । रास्वपाका सभापति रवि लामिछाने सहितका रास्वपाका २० नेता विजयी भएका छन् ।
त्यस्तै कांग्रेसका ५ नेताले जित निकालेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहितका २ नेताले जित निकालेका छन् । त्यसैगरी नेकपा एमालेका एक जना उम्मेदवारले अहिलेसम्म प्राप्त परिणामका आधारमा निर्वाचन जितेका छन् ।
जारी मतगणनामा पनि रास्वपाका उम्मेदवारहरुले अझै ९५ निर्वाचन क्षेत्रमा अग्रता लिईरहेका छन् । कांग्रेसका उम्मेदवारले ९, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारले १० र नेकपा एमालेका उम्मेदवारले १४ स्थानमा अग्रता लिईरहेका छन् ।
को को जिते ?
रास्वपाबाट
१. सन्तोष राजशी मोरङ ४(४०८३३)
२. रुबिना आचार्य मोरङ ६ (५५५१३)
३. मनीष झा धनुषा ३ (४३१४२)
४. प्रमोदकुमार महतो महोत्तरी १ (३४३३६)
५.रञ्जु न्यौपाने काटमाडौं १ (१५४५५)
६. राजुनाथ पाण्डे काठमाडौं ३ (१८७५६)
७. पुकार बम, काठमाडौं ४ (२९१४२)
८.सस्मित पोखरेल काठमाडौं ५ (३०७३७)
९. शिशिर खनाल। काठमाडौं ६ (२७७१९)
१०. गणेश पराजुली काठमाडौं ७ (२७८०५)
११. विराजभक्त श्रेष्ठ काठमाडौं ८ (२४५९२)
१२. डोलप्रसाद अर्याल, काठमाडौं ९ (३५०९३)
१३. प्रदीप विष्ट काठमाडौं १० (३७४६९)
१४. रवि लामिछाने, चितवन २ (५४४०२)
१५. धनञ्जय रेग्मी, स्याङजा १ (२९०७१)
१६. उत्तमप्रसाद पौडेल, कास्की २ (३१९११)
१७. बिना गुरुङ कास्की ३ (३७७५०)
१८. कन्हैया बनियाँ रुपन्देही ४ (२८०६६)
१९. सुरेश कुमार चौधरी बाँके १ (३२७९२)
२०. खगेन्द्र सुनार बाँके ३ (२९५५१)
नेपाली कांग्रेस
१. सन्तोष सुब्बा तेह्रथुम (११५६१)
२. मोहन आचार्य रसुवा (१०६५६)
३. टेकहादुर गुरुङ मनाङ (२४१५)
४ योगेश गौचन थकाली मुस्ताङ (३३०७)
५. बासना थापा दैलेख १ (१२३७२)
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)
१. पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व (१०२४०)
२. महेन्द्रबहादुर शाही कालिकोट (११३३८)
नेकपा एमाले
१. मोहम्मद इश्तियाक राई बाँके २ (२४६२८)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली विजयी
ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता
पर्सा-१ मा रास्वपाका पन्त विजयी
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
कास्की २ मा रास्वपाको सानदार उदय
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु