रुकुमपूर्व । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अन्तर्गत रुकुमपूर्वकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायमै राखेका छन् । उनले पाँच हजार ९२४ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लीलामणि गौतमले दुई हजार ९१ र नेपाली काँग्रेसका कुसुमदेवी थापाले एक हजार ७०९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।
हालसम्म भूमे गाउँपालिकाको नौ वडा र सिस्ने गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ७ को १० हजार ९२१ मतगणना सकिएको छ । यहाँ २९७ मत बदर भएको छ । अहिले सिस्ने गाउँपालिकाको ६ र ८ नम्बर वडाको मतगणना जारी छ । त्यसपश्चात् पुथा उत्तरगङ्गा गाउँपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत खनालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १३ : ५१
लेखकबाट थप