काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तथा पार्टीले जारी गरेको आचारसंहिता पार्टीका उम्मेदवारहरूले पालना गरेको निष्कर्ष निकालेको छ।
केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले राजी गरेको विज्ञप्तिमा केही छिटफुट घटनाबाहेक हालसम्म पार्टीका मर्यादित, अनुशासित र जिम्मेवार आचरण प्रदर्शन गरेको प्रारम्भिक अध्ययनबाट देखिएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तथा पार्टीले जारी गरेको आचारसंहिताको समुचित पालना भइरहेकोमा आयोग सन्तुष्ट छ। आगामी निर्वाचन कार्यक्रम तथा गतिविधिहरू अझ बढी सौहार्दपूर्ण, मर्यादित, अनुशासित र जिम्मेवार ढङ्गबाट अघि बढाउन प्रचलित कानुन, निर्वाचन आयोगबाट जारी आचारसंहिता तथा पार्टीको आचारसंहितासमेतको उचित परिपालना हुनेमा केन्द्रीय अनुशासन आयोग विश्वस्त छ।’
लोकतन्त्रको बलियो आधार निर्वाचन भएकाले निर्वाचन शान्तिपूर्ण, भयरहित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न हुनु, जनतामा निहित सार्वभौमसत्ताको व्यवहारिक अभ्यासलाई प्रमाणित गर्नु तथा लोकतन्त्रको सुदृढीकरण गर्नु आजको आवश्यकता रहेको उल्लेख छ।
जनताको चाहनाबमोजिम देशको सकारात्मक परिवर्तन सम्भव छ भन्ने बलियो आशा र भरोसालाई आत्मसात् गर्दै पार्टीपंक्तिले निर्वाचनमा थप सक्रिय, संयमित र परिणाममुखी भूमिका निर्वाह गर्न अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा रास्वपाको चुनावी सभा स्थगित
काठमाडौं -५ मा कांग्रेस र एमालेबाट १६ जना रास्वपा प्रवेश
रास्वपा नेता राईले गरे पार्टी परित्याग गरेको घोषणा
रास्वपाले भावी प्रधानमन्त्री प्रस्ताव गरेका बालेनले अर्बौं रुपैयाँको दमक औद्योगिक पार्कबारे किन बोलेनन् ?
रास्वपा परित्याग गरेको बागमती प्रदेश सदस्य चौलागाईंको घोषणा
एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश