एजेन्सी । पाकिस्तान र अफगानिस्तान (तालिबान) बिच युद्ध सुरु भएको छ।
दुवै पक्षले एकअर्काका सैनिक तथा लडाकु मारिएको दाबी गरिरहेका छन्। मारिएकाको संख्या फरक-फरक आइरहेका छन्।
यद्यपि दुई देशबिचको द्वन्द्व तत्काल रोकिने छाँट देखिएको छैन। यसैबिच अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा प्रतिक्रिया दिएका छन्।
उनले भनेका छन्, ‘पाकिस्तान र अफगानिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ, तर मेरो पाकिस्तानसँग राम्रो मित्रता छ।’
बीबीसीका अनुसार ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारहरूसँग कुरा गर्दै उक्त अभिव्यक्ति दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ फागुन २०८२, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट