चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ ले सिंगो देशबासीलाई आफ्नै देशमा उत्पादन भएको तरकारी खुवाउन जरुरी रहेको बताएका छन् ।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले किसानलाई केही नेता र बिचौलियाले सिन्डिकेटमा पारेर देशबाहिरको तरकारी खुवाउने काम गरिरहेको आरोप लगाए ।
‘देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ । किसानलाई सही मूल्य दिन जरुरी छ,’ बालेनले भनेका छन् ।
साथै, उनले चितवनमा किसानले सही मूल्य र बजार नपाएको समस्या भएको जिकिर गरे ।
‘किसानले सही मूल्य र बजार नपाएको समस्या रहेछ । केही सीमित बिचौलिया, केही सीमित नेताहरूको सिन्डिकेटले पारी अनुदान नै अनुदानले कृषि हुन्छ,’ बालेनले भने, ‘त्यो सस्तोजस्तो देखिन्छ । त्यो देखाएर यहाँको किसानको चाहिँ महँगो जस्तो देखाएर भ्रम सिर्जना गराएर मार्ने काम भएको छ । त्यो रोक्न जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ फागुन २०८२, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा बालेन र सात मुख्यमन्त्रीको गम्भीर मन्थन: तीन घण्टासम्म के भयो कुराकानी?"
टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन
बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ
नारीको सम्मान र सशक्तीकरण नै समुन्नत समाजको जग हो : बालेन शाह
रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान
समतामूलक समाज निर्माणमा मगर समुदायले निर्वाह गरेको भूमिका सम्मानजनक : बालेन शाह