काठमाडौँ । गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन पारदर्शी, निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न गरिने बताएका छन्।
दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका अन्तर्गत रहेका मतदान स्थलहरूको स्थलगत अनुगमनका क्रममा उनले विगत निर्वाचनमा देखिएका कमजोरीको समीक्षा गर्दै यसपटक कुनै पनि प्रकारको अनियमितता नहोस् भन्ने सुनिश्चित गर्न सुरक्षा तथा प्रशासनिक संयन्त्रलाई आवश्यक निर्देशन दिएका हुन्। निर्वाचन प्रक्रिया व्यवस्थित, शान्त र विश्वसनीय बनाउन सबै सरोकारवाला निकाय सक्रिय रूपमा जुट्नुपर्नेमा उनले जोड दिए।
गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना र दुष्प्रचारप्रति सतर्क रहन सम्बन्धित निकाय तथा स्थानीय तहका प्रतिनिधिलाई आग्रह गरे। उनले निर्वाचन तयारीका प्रत्येक चरणमा संयमता, समन्वय र कानुनी मापदण्डको पालना अनिवार्य रहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ फागुन २०८२, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालद्वारा १९१ दिनको कार्यकालको उपलब्धि विवरण सार्वजनिक
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
गृहमन्त्री अर्याल र प्रधान सेनापतिबीच छलफल
गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस