काठमाडौँ । नेपाल जेनजेड फ्रन्टले जेनजेड आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिवेदन फागुन २२ गतेभित्र सार्वजनिक नगरे पुन: सडकमा उत्रिन बाध्य हुने चेतावनी उनीहरुले दिएका छन् ।
फ्रन्टले विज्ञप्ति जारी गर्दै गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको मिति फागुन २२ गतेपछि एक दिन पनि म्याद नथपी सार्वजनिक गर्न र कार्यान्वयनमा ल्याउन माग गरेको हो । फ्रन्टले यसले न्याय सुनिश्चितता हुने र जेनजेड जनआन्दोलनलाई न्याय हुने जनाएको छ ।
फ्रन्टले भनेको छ, ‘देश अराजकताको डिलमा पुगेको सङ्क्रमणकालीन अवस्थालाई न्यायोचित ढंगले सम्हाल्न, शान्ति, सुव्यवस्था तथा सुरक्षा कायम गर्न, जेनजेडले उठाएका माग सम्बोधन गर्न र भदौ २३ र २४ का घटनामा न्याय सुनिश्चित गर्न हामीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको मन्त्रिपरिषद्लाई राज्यको बागडोर सुम्पिने सामुहिक निर्णय गरेका थियौँ ।
सोही सन्दर्भमा फ्रन्टले भदौ २३ र २४ गते भएको विध्वंशको छानबिन गर्न बनेको आयोगको म्याद नथप्न र प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । फ्रन्टले आज प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण बुझाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ फागुन २०८२, ११ : १२
लेखकबाट थप