एजेन्सी । नर्वेली फरवार्ड अलेक्जेन्डर सर्लोथको सानदार ह्याट्रिकको मद्दतले एथ्लेटिको म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको प्लेअफमा सहज जित दर्ता गरेको छ। एथ्लेटिकोले क्लब ब्रुगलाई ४-१ को भारी अन्तरले पराजित गरेको हो।
मंगलबार राति भएको प्लेअफको दोस्रो लेगमा एथ्लेटिकोले फराकिलो जित निकालेको हो। टिमको जितका लागि एथ्लेटिकाले खेलको २३ औं मिनेटमा सोरलोथको गोलमा अग्रता लिएको थियो। ३६ औं मिनेटमा क्लब ब्रुगका जोएल ओर्डोनेजले बराबरी गोल फर्काए।
पहिलो हाफ एकएकको बराबरी भएको खेलमा दोस्रो हाफ एकपक्षीय बन्यो खेलको ४८ मिनेटमा जोनी कार्डोसोले गोल गर्दै अग्रता दिलाए। त्यसपछि सोरलोथले ७६, ७८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ फागुन २०८२, ०७ : ४६
लेखकबाट थप