काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । सर्वोच्च अदालतले यसअघि उनले लगाएका आयात कर खारेज गरेपछि ट्रम्पले त्यस निर्णयको आलोचना गर्दै नयाँ कदम चाल्ने बताएका हुन् ।
शुक्रबार उनले अदालतले खारेज गरेका शुल्कको सट्टा अमेरिकामा आउने सबै वस्तुमा १० प्रतिशत कर लगाइने बताएका थिए । तर शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा उनले एक कहिल्यै प्रयोग नगरिएको व्यापार कानुनअन्तर्गत अधिकतम १५ प्रतिशतसम्म बढाइने घोषणा गरे ।
सन् १९७४ को ट्रेड एक्टको धारा १२२ अन्तर्गत लगाइने यो कर करिब पाँच महिनासम्म मात्र लागू रहन सक्ने बीबीसीले जनाएको छ । त्यसपछि प्रशासनले यसलाई निरन्तरता दिन कांग्रेसको स्वीकृति लिनुपर्छ ।
१० प्रतिशत कर मंगलबार, २४ फेब्रुअरीदेखि लागू हुने तय गरिएको थियो । १५ प्रतिशत पनि त्यही मितिदेखि लागू हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन ।
नयाँ १५ प्रतिशत अस्थायी कर दरले बेलायत र अष्ट्रेलियाजस्ता देशका लागि अन्योल सिर्जना गरेको छ, जसले यसअघि अमेरिकासँग १० प्रतिशत दरमा सहमति गरेका थिए ।
ट्रम्पले सर्वोच्च अदालतको ‘हास्यास्पद, कमजोर रूपमा लेखिएको र अत्यन्तै अमेरिका विरोधी निर्णय’को समीक्षा पछि कर बढाउने निर्णय गरिएको बताएका छन् ।
६–३ को निर्णयमा सर्वोच्च अदालतका न्यायाधीशहरूले सन् १९७७ को ‘इन्टरनेशनल इमर्जेन्सी इकनोमिक पावर्स एक्ट (आईईपीए)’ प्रयोग गरी गत वर्ष लगाइएका विश्वव्यापी करमार्फत राष्ट्रपति ट्रम्पले आफ्नो अधिकारको सीमा नाघेको ठहर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० फागुन २०८२, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
ट्रम्पले इरानसँगको सम्झौताबारे के भने ?
इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?