चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारीहरूमाथि कारबाही गर्न खोज्दा आफूलाई दुख दिइएको बताएका छन् ।
चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनले आफूलाई आशीर्वाद र न्यायका लागि सधैँ आवाज दिएको बताए।
आफूले इमानदारितापूर्वक काम गर्न खोजेपनि नदिइएको उनको भनाई थियो ।
उनले भने, ‘दुख मैले पाए पनि आँखा तपाईँका भिजेका छन्, मलाई राम्रोसँग थाहा छ। घाउ मलाई लागे पनि दुखेको तपाईँलाई छ, मलाई राम्रोसँग थाहा छ। तर त्यति दुख्नै पर्थ्यो मलाई। त्यति दुख पाउनै पर्थ्यो। आराम खोजेको भए सरकार ढल्न दिइँदैन थियो। छलेका पैसाहरूमा भाग खोजिन्थ्यो होला। हामीले भाग खोजेनौँ। तर यो देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्याउने गरी काम गर्यौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ फागुन २०८२, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'