काठमाडौँ । नेपाली काँग्रेसले आगामी फागुन १७ गते काठमाडौँमा चुनावी सभा आयोजना गर्ने तयारी गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, सभामा पार्टीका सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहित अन्य शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन्।
सभाको व्यवस्थापन र तयारीका लागि केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पार्टीका प्रवक्ता, उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा जिल्ला नेतृत्वका प्रतिनिधिहरूबीच छलफल गरिएको थियो।
काँग्रेसले फागुन ६ गते जनकपुरमा मधेस क्षेत्रको सभा गरेर आफ्नो चुनावी कार्यक्रम सुरु गरेको थियो। त्यसपछि फागुन ७ गते काठमाडौँको राष्ट्रियसभामा सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।
पार्टीले अन्य प्रदेशहरूमा पनि ठूला चुनावी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। कार्यक्रम हुने स्थान र मितिहरू शनिबारसम्म अन्तिम रूप दिने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ फागुन २०८२, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप