एमाले छाडेका जितेन्द्र देवले गरे कांग्रेस फर्केको घोषणा

सफल खबर संवाददाता

मंगलबार, ०५ फागुन २०८२, १० : २२
एमाले छाडेका जितेन्द्र देवले गरे कांग्रेस फर्केको घोषणा

काठमाडौँ । केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन् । 

देवले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, बिचार, योजना, प्रस्ताव तथा प्रतिवद्धताहरुलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै कांग्रेसमा फर्किएको घोषणा गरेका हुन् । 

साथै उनले विशेष राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित गगन कुमार थापाको नेतृत्वको केन्द्रीय कार्य समितिप्रति पूर्ण प्रतिबद्ध तथा आस्थावान् रहँदै आजैको मितिदेखि आफूसहितका साथीहरू नेपाली कांग्रेसमा फर्केको औपचारिक रूपमा सार्वजनिक घोषणा गरेको जनाएका छन् । 

‘मलाई पूर्ण विश्वास छ विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ अग्रगमनकारी सोचको नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढङ्गले अघि बढाउने छ र पार्टीलाई बदल्ने कार्य सुरु गरे जस्तै देशलाई पनि जनहितमा बदल्ने छन्’, देवले भनेका छन् । 

संविधान सभा सदस्य समेत रहेका देव कांग्रेसबाट एमाले प्रवेश गरेका थिए तर अहिले पुन उनी एमालेबाट कांग्रेस फर्किएका हुन ।

प्रतिक्रिया दिनुहोस