काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सूचना प्रविधि क्षेत्रलाई केन्द्रमा राख्दै आगामी पाँच वर्षभित्र देशलाई डिजिटल सेवा केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित कार्ययोजना सार्वजनिक गरेका छन्। भिडियो सन्देशमार्फत प्रस्तुत उक्त अवधारणामा सीमित नीतिगत सुधार र संस्थागत समन्वयबाटै उल्लेखनीय आर्थिक तथा रोजगारी परिणाम हासिल गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
उनका अनुसार लक्षित अवधिमा करिब चार खर्ब रुपैयाँ बराबरको आइटी सेवा विदेश निर्यात गर्न सकिने तथा दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना सम्भव हुने प्रक्षेपण गरिएको छ। प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले अघि बढे अपेक्षित उपलब्धि हासिल गर्न सकिने धारणा पनि उनले राखेका छन्।
यसअघि कीर्तिपुरमा आयोजित एक कार्यक्रममा ल्यापटपमार्फत उच्च आम्दानी गर्न सकिने अभिव्यक्तिले सामाजिक सञ्जालमा आलोचना खेपे पनि ती भनाइ योजनाबद्ध नीतिगत सोचसँग सम्बन्धित रहेको उनले स्पष्ट पारेका छन्। अघिल्लो सरकारको कार्यकालमा अध्यादेशमार्फत गरिएका सीमित सुधारले पनि सकारात्मक प्रभाव देखाएको उल्लेख गर्दै अब थप संरचनात्मक र नीतिगत परिमार्जन आवश्यक रहेको उनले औँल्याएका छन्।
सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आइटी दशक’का रूपमा अघि बढाउने अवधारणा प्रस्तुत गर्दै प्रारम्भिक पाँच वर्षमै उल्लेखित निर्यात लक्ष्य हासिल गर्न सकिने दाबी गरिएको छ। प्रस्तावित मार्गचित्रमा कम्तीमा २०० स्वदेशी आइटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने, तीनदेखि पाँच कम्पनीलाई पूँजी बजारमा सूचीकृत गराउने तथा रोजगारी सिर्जना बढाउने लक्ष्य समेटिएको छ।
उक्त अवधारणालाई कार्यान्वयनयोग्य बनाउन संघीय, प्रादेशिक र निजी क्षेत्रबीच समन्वय आवश्यक रहने तथा नियामकीय सुधार, पूर्वाधार विकास र सीप अभिवृद्धि कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने सुझावसमेत प्रस्तुत गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ फागुन २०८२, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड