रौतहट । रौतहटमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा श्रीमान्–श्रीमतीको ज्यान गएको छ।
दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै दुर्घटना भएको हो। बिहान करिब साढे पाँच बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर सिसौको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र २१ वर्षीया उनकी श्रीमती गम्भीर घाइते भएका थिए। उनीहरू टाउको, मुख तथा शरीरका विभिन्न भागमा चोट लागेर अचेत अवस्थामा फेला परेका थिए।
घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ फागुन २०८२, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते