काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले मधेशी परिवारको अंग बन्ने क्रम सुरु भइसकेको बताएका छन् ।
शनिबार सर्लाही–४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले चुनाव लड्न मधेश झर्दा आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी परिवारको अंग भएको बताएका हुन् ।
उनले भने, ‘म यहाँ आउँदै गर्दाखेरी आगन्तुकजस्तो भएर आएको छु । गाउँ नयाँ, ठाउँ नयाँ, धेरै कुरा नयाँ छ । पहिरन नयाँ, खाना नयाँ । तर यो मेरो र म यो परिवारको अंग बन्ने क्रम सुरु भइसक्यो ।’ सभापति थापाले भने ।
निर्वाचन नै जित्ने कुरामा आफ्ना लागि काठमाडौंबाट सर्लाही आउनै नपर्ने अवस्था रहेको उनले दोहोर्याए । ‘म सभापति भइसकेपछि त्यहाँ अनुकुलता नै अनुकुलता थिए । तर, म यहाँ केही नयाँ सोच ल्याएर आएको हुँ,’ उनले भने । कांग्रेसको सभापति भएपछि मधेशबाटै जितेर आउनुपर्ने आवश्यकता महशुस भएकाले मधेश झरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ फागुन २०८२, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड