काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक योजनाहरू सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिँदै उनले सार्वजनिक यातायात सुधारका लागि एकीकृत प्राधिकरणको अवधारणाबारे जानकारी गराएका हुन्।
सरकार, सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा यातायात सेवा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। सार्वजनिक यातायातबाट जनता जति पीडित छन्, त्यो अनुसारको प्राथमिकता र संवेदनशीलता नदेखिएको अनुभूति थापाले व्यक्त गरेका छन् ।
कांग्रेस सभापति थापाले सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता रहेकोमा जोड दिएका छन् । सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले त्यसका लागि आफूहरूले ठोस तयारी गरिरहेको बताए ।
उनले भने,’घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा यही हाम्रो सार्वजनिक यातायातको समस्या हो। साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था, र राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था । यसको अर्थ हो हाम्रो हाम्रो सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ फागुन २०८२, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी’ : सभापति थापा
स्वास्थ्य बीमा कांग्रेसको प्रतिबद्धता हो, राष्ट्रिय गौरवको योजना बनाउँछौँ : सभापति थापा