दाङ । सल्यानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।
रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय विजय विकको मृत्यु भएको हो ।
दुर्घटनामा सिस्ने– ४ की ३८ वर्षीया ललिता केसी, सिस्ने– २ की २२ वर्षीया सुष्मी रोका र उनकी २ वर्षीया छोरी सफलता केसी घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०८२, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते