काठमाडौ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज मधेस प्रदेशका जिल्लामा चुनावी अभियान सुरु गरेका छन्।
मंगलबार बालेन सप्तरीदेखि महोत्तरीसम्मका कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ। बालेनले बिहान सप्तरीको सप्तकोसी नगरपालिकाबाट मधेस केन्द्रीत चुनावी अभियान सुरु गरेका छन्।
आज उनी सप्तरीको कन्चनपुर, हनुमाननगर, राजबिराज, डाक्नेश्वरी, बोधेबर्साइन, भगनवानपुर, नबराजपुर, बरियारपट्टी, औरही लगायतका ठाउँमा हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन्।
त्यसैगरि सिराहाको जिरोमाइल, गोलबजार, चोहर्बा, मिर्चैया, कल्यानपुर, सिराहा सदरमुकाम, धनुषाको यदुकुवा, धनुषाधाम, नगराइन, महोत्तरीको जलेश्वर, एकडारा, बलबा, सरपल्लो र बर्दिबासमा बालेनले मतदाता भेटघाट कार्यक्रम गर्नेछन्।
बालेन आफू उम्मेदवार रहेको झापा ५ का कार्यक्रमबाट आज मधेसका जिल्ला प्रवेश गरेका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
ओली र बालेन दुवैले यतिबेला आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर मतदाता रिझाउने प्रयास गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ माघ २०८२, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत