काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । ६ वटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको थोरै स्थान तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशका उच्च पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागले राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ बताएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०८२, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना
आजको मौसम : यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना
आजको मौसम : यी दुई प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
आजको मौसम : यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना