यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०८२, ०६ : ४३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०५ पैसा र बिक्रीदर २१ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३९ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस