काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बन्ने विषयमा केन्द्रित नरहेको बताएका छन्।
सोलु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन केन्द्रित कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो धारणा राखेका हुन्।
सञ्चारकर्मीहरूले पुनः प्रधानमन्त्री बन्ने तयारीबारे प्रश्न गर्दा दाहालले त्यसतर्फ आफ्नो ध्यान नरहेको जवाफ दिएका थिए। पछिल्लो समय विभिन्न राजनीतिक दलले भावी प्रधानमन्त्रीका रूपमा आ–आफ्ना उम्मेदवार अघि सारेको सन्दर्भमा उनले आफू त्यस्तो प्रतिस्पर्धामा संलग्न नभएको संकेत गरेका छन्।
हाल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसले सभापति गगन थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरेको उल्लेख गरिएको छ।
दाहालले पार्टी एकताको विषयमा समेत आफ्नो धारणा व्यक्त गर्दै विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकता निरन्तर रहने बताएका छन्। सबै दल एकै स्थानमा नआउँदासम्म एकताको प्रयास जारी रहने उल्लेख गर्दै उनले राष्ट्रिय एकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार