रौतहटमा बस पल्टियो, १० जना घाइते

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०८२, ०९ : २०
रौतहटमा बस पल्टियो, १० जना घाइते

रौतहट । रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिकामा सोमबार बिहान  काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको हो। 

बा.प्र-०१-००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए।  घाइतेमध्ये धेरैजसो भारतीय नागरिक रहेका उनले बताए। 

घाइते सबैको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तीव्र गतिकाे कारण चालकले  नियन्त्रण गुमाउँदा बस दुर्घटना भएकाे अनुमान प्रहरीले गरेकाे छ।