तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको छ । अपुग कर्मचारीको परिपूर्ति शिक्षकहरूबाट गरिने छ । यसैगरी, निर्वाचनमा दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला मतदाता छन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिकामा सबैभन्दा बढी र देवघाट गाउँपालिकामा सबैभन्दा कम मतदाता छन् ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नम्बर २ मा एक लाख १८ हजार २७९ मतदात छन् । जिल्लामा १४४ मतदानस्थल र ३०९ वटा मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
चुनावको मुखैमा अदालतमाथी कांग्रेसको दवाव अभियान
निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो
निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो
प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु
निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम