काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा, गण्डकी प्रदेशको एक–दुई स्थान हल्का वर्षा भइरहेको छ।
आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।
आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, ०६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना