काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली काँग्रेसको जन्मभूमि भएको बताएका छन् । बुधबार सर्लाही-४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
‘मधेश काँग्रेसको जन्मभूमि हो’, सभापति थापाले भने, ‘काँग्रेसलाई बनाएको, काँग्रेसलाई हुर्काएको र काँग्रेसलाई बलियो बनाएको यही धर्तीले हो ।’
उनले विगतमा भएका कमजोरी गल्ती सुधार गर्ने संकल्पसहित मधेश आएको बताए । उनले भने, ‘विगतमा हामीले थुप्रै गल्ती र कमजोरी गर्यौँ । ती गल्ती सुधार गर्ने संकल्पसहित हामी मधेश आएका हौँ ।’
अरूले के गरे भन्नु भन्दा काँग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा जोड दिए ।
सभापति थापाले काँग्रेसले सभापतिलाई मधेशमा उम्मेदवार बनाएर आएकाले सर्लाहीका चार क्षेत्रसँगै मधेशका ३२ क्षेत्रबाट काँग्रेसका उम्मेदवारले मधेशबाट साथ र सहयोगको अपेक्षा गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ माघ २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड