मधेश काँग्रेसको जन्मभूमि हो: गगन थापा

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०८२, १५ : ४९
मधेश काँग्रेसको जन्मभूमि हो: गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली काँग्रेसको जन्मभूमि भएको बताएका छन् । बुधबार सर्लाही-४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

‘मधेश काँग्रेसको जन्मभूमि हो’, सभापति थापाले भने, ‘काँग्रेसलाई बनाएको, काँग्रेसलाई हुर्काएको र काँग्रेसलाई बलियो बनाएको यही धर्तीले हो ।’

उनले विगतमा भएका कमजोरी गल्ती सुधार गर्ने संकल्पसहित मधेश आएको बताए । उनले भने, ‘विगतमा हामीले थुप्रै गल्ती र कमजोरी गर्‍यौँ । ती गल्ती सुधार गर्ने संकल्पसहित हामी मधेश आएका हौँ ।’

अरूले के गरे भन्नु भन्दा काँग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा जोड दिए ।

सभापति थापाले काँग्रेसले सभापतिलाई मधेशमा उम्मेदवार बनाएर आएकाले सर्लाहीका चार क्षेत्रसँगै मधेशका ३२ क्षेत्रबाट काँग्रेसका उम्मेदवारले मधेशबाट साथ र सहयोगको अपेक्षा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस