काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने बताएका छन्।
सर्लाही बलरा नगरपालिकामा अगुवा कार्यकर्तासँग भेटघाटमा बोल्दै आफू अहिले विशेष महाधिवेशनबाट भर्खरै मात्रै सभापति भएको बताए।
उनले भने, ‘म भाग्ने मान्छे होइन, म कांग्रेसको सभापति बल्ल बनेको छु। महाधिवेशन आउँदै छ फेरि बन्नुछ, त्यसपछि केही समय क्रियाशील राजनीतिमा रहनेछु।’
उनले आफू मधेशको छोरा बनेर सर्लाही ४ मा आएको समेत बताए। उनले आफूलाई काठमाडौं ४ का जनताले त्यहीबाट चुनाव लड्न आग्रह गरेको भन्दै अर्को चुनावमा सर्लाही ४ का मतदाताले पनि त्यतै भन्ने परिस्थिति बनाउने जिकिर गरे।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उम्मेदवार चयनमा कमजोरी भएको गगनको स्वीकारोक्ति
सानेपा पुग्दै सभापति गगनसहितका पदाधिकारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिने
परिस्कृत काँग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको गगन थापाको दाबी
कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति