काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने बताएका छन्।
सर्लाही बलरा नगरपालिकामा अगुवा कार्यकर्तासँग भेटघाटमा बोल्दै आफू अहिले विशेष महाधिवेशनबाट भर्खरै मात्रै सभापति भएको बताए।
उनले भने, ‘म भाग्ने मान्छे होइन, म कांग्रेसको सभापति बल्ल बनेको छु। महाधिवेशन आउँदै छ फेरि बन्नुछ, त्यसपछि केही समय क्रियाशील राजनीतिमा रहनेछु।’
उनले आफू मधेशको छोरा बनेर सर्लाही ४ मा आएको समेत बताए। उनले आफूलाई काठमाडौं ४ का जनताले त्यहीबाट चुनाव लड्न आग्रह गरेको भन्दै अर्को चुनावमा सर्लाही ४ का मतदाताले पनि त्यतै भन्ने परिस्थिति बनाउने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड