सुनचाँदीको मूल्य आज पनि बढयो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०८२, १२ : ०४
सुनचाँदीको मूल्य आज पनि बढयो, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको मूल्य मंगलबार आज (माघ १३) पनि बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ३०० रुपैयाँले बढेको हो ।

अब सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।सोमबार (माघ १२) मा प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो । 

त्यस्तै,  चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ महासंघले जनाएको छ । अघिल्लो दिन तोलाको ६ हजार ७६५ रुपैयाँ थियो । 

प्रतिक्रिया दिनुहोस