सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो

कतिमा हुदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०८२, ११ : १६
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले एकपछि अर्को कीर्तिमान कायम गर्ने क्रम जारी छ ।

सोमबार (माघ १२) मा पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै ५२ सयले बढेको हो ।

५२ सय बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तीन लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै,  चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।