वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघ (यूएन) विश्व शान्ति र सुरक्षा कायम राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसलाई जारी राख्नुपर्ने बताएका छन् । तर उनले उनको प्रस्तावित ‘शान्ति बोर्ड’ भविष्यमा यूएनको भूमिका प्रतिस्थापन गर्न सक्ने सम्भावना छ ।
ट्रम्पले ह्वाइट हाउसमा आयोजित प्रेस सम्मेलनमा
संयुक्त राष्ट्रलाई युद्ध रोक्न पर्याप्त प्रभावकारी नभएको तर यसको क्षमता धेरै भएकाले अस्तित्व कायम रहनुपर्छ भने ।
शान्ति बोर्ड अमेरिकी सरकारको तयार गरेको २० बुँदे शान्ति योजनाको हिस्सा हो । यसले इजरायल र प्यालेस्टाइन बीच शान्ति स्थापना र गाजा पट्टीको पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्य राख्दछ । तथापि, बोर्डको प्रारूपित चार्टरले गाजाको स्पष्ट उल्लेख नगरी, विश्वभरका द्वन्द्व समाधानमा सहयोग पुर्याउने व्यापक योजना प्रस्तुत गरेको छ ।
केही कूटनीतिज्ञहरूले यसलाई ‘ट्रम्प संस्करणको संयुक्त राष्ट्र’ भन्दै आलोचना गरेका छन् र यदि योजना कार्यान्वयन भयो भने यूएनको भूमिका कमजोर हुन सक्ने बताएका छन् । यूएन महासचिव एन्तोनियो गुटेरेसका उप प्रवक्ताले सदस्य राष्ट्रहरू विभिन्न समूहमा स्वतन्त्र रूपमा मिलेर काम गर्न स्वतन्त्र रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० माघ २०८२, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीभी चिठ्ठा कार्यक्रम ‘पज’ गर्ने ट्रम्प प्रशासनको घोषणा
एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा
इजरायललाई ६ अर्ब डलरको हतियार बेच्ने ट्रम्प प्रशासनको प्रस्ताव
भन्सार शुल्कबारे द्रुत निर्णयका लागि ट्रम्प प्रशासन सर्वोच्चमा
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली