वाशिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रम स्थगन गर्ने घोषणा गरेको छ ।
राष्ट्रिय सुरक्षा र आप्रवासन प्रणालीमा सुधार आवश्यक रहेको दाबी गर्दै ट्रम्प प्रशासनले यो कार्यक्रम ‘पज’ गर्ने बताएको हो ।
ट्रम्पको निर्देशनमा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) कार्यक्रमलाई तत्काल स्थगित (पज) गर्ने घोषणा गरेकी छिन् । यो कार्यक्रमलाई ‘ग्रीन कार्ड लोटरी’ का रूपमा पनि चिनिन्छ, जसले कम आप्रवासन दर भएका देशका नागरिकहरूलाई वार्षिक रूपमा लोटरीमार्फत ५०,००० सम्म ग्रीन कार्ड प्रदान गर्दै आएको थियो ।
यो निर्णय ब्राउन युनिभर्सिटी र एमआईटीमा भएको गोलीकाण्डसँग जोडिएको छ । गोलीकाण्डका मुख्य संदिग्ध क्लाउडियो मानुएल नेभेस भालेन्ते (४८ वर्षीय पोर्चुगिज नागरिक) सन् २०१७ मा यो डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका थिए । भालेन्तेले डिसेम्बर १३ मा ब्राउन युनिभर्सिटीमा गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको थियो र नौ जना घाइते भएका थिए । त्यसको दुई दिनपछि एमआईटीका प्रोफेसर नुनो एफजी लौरेरोको हत्या पनि उनैले गरेको अधिकारीहरूले पुष्टि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, १६ : २१
लेखकबाट थप