काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल खेल्दै छ ।
खेल कोल्ट्स मैदानमा दिउँसो हुनेछ । नेपाल यसअघिका दुवै अभ्यास खेलमा पराजित भएको छ । अन्तिम खेलमा नेपाल जितको खोजीमा हुनेछ ।
पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो भने दोस्रो अभ्यास खेलमा ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
श्रीलंका ‘ए’ मा सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरू पनि छन् । निरोशन डिक्वेला, लाहिरु उडारा, सहान अराकिगे, नुवानिदु फर्नान्डो, नुवान थुसाराजस्ता खेलाडीहरू खेलिरहेका छन् ।
आजको अभ्यास खेलपछि नेपाली टोली भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० माघ २०८२, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?
टर्की विश्वकपबाट बाहिरियो
विश्वकपमा क्यानडाको ऐतिहासिक जित : कतार ६-० ले पराजित
विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा