काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्री पदका प्रस्तावित उम्मेदवार गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा यसपटक केही कमजोरी देखिएको स्वीकार गरेका छन्।
सीमित समयका कारण निर्णय प्रक्रियामा अपेक्षित स्तरको तयारी हुन नसकेको उनको भनाइ छ ।
सभापतिका रूपमा शपथ ग्रहण गरेपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभापति थापाले आगामी निर्वाचनदेखि पार्टीले प्रत्येक निर्वाचन क्षेत्रमा प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार चयन गर्ने स्पष्ट पारे। यसपटक देखिएका त्रुटि र कमजोरीलाई संगठनात्मक रूपमा सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।
सभापति थापाले नेतृत्वको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नु सहज देखिए पनि त्यसको दायित्व वहन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरे। उनले पार्टीभित्र सुधार र अनुशासनलाई संस्थागत गर्ने दिशामा आफू केन्द्रित रहने बताए।
उनले पार्टी नेता तथा कार्यकर्तालाई कुनै एक क्षेत्रमा केन्द्रित नहुन आग्रह गर्दै सबैलाई आ-आफ्नो क्षेत्रमा फर्किएर मतदातासँग प्रत्यक्ष संवाद गर्न आह्वान गरे। क्रियाशील काँग्रेसी कार्यकर्तामार्फत पार्टीमा आएको परिवर्तन र नयाँ दृष्टिकोण जनतासमक्ष पुर्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०८२, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा