काठमाडौं । नेकपा एमालेमा टिकट वितरण प्रकरणले ओखलढुंगा जिल्लामा चरम असन्तुष्टि बढेको छ । गाँउपालिकाको उपाध्यक्ष रहेको जनप्रतिनिधिलाई सिफारिस बिनै अध्यक्ष ओलीले केन्द्रबाट टिकट दिएपछि एमाले ओखलढुंगामा असन्तुष्टि बढेको हो ।
एमालेमा असन्तुष्टि बढेसँगै नेपाली कम्युनिष्ट पार्टीले एमालेकै जिल्ला अध्यक्ष रहेका नेतालाई नेकपा प्रवेश गराएर टिकट समेत दिएको छ। एमालेले भने अस्मिता थापालाई उम्मेदवार बनाएको छ । तर जिल्लाका बहुसंख्यक एमाले नेता कार्यकर्ताले पार्टी केन्द्रको निर्णय नमान्ने उद्घोष गदै असन्तुष्टि पोखेका छन् ।
कतिपय नेता कार्यकर्ता आज (शुक्रबार) नेकपा प्रवेश गर्ने कार्यक्रम समेत रहेको छ। काठमाडौंमा रहेका ओखलढुंगाका कतिपय नेता कार्यकर्ताले आज दिउँसो सकेधारामा आयोजित एक कार्यक्रममार्फत नेकपा प्रवेश गर्न लागेका छन् ।
नेकपाले त्यहाँ अम्बिरवहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । उनी एमालेबाट चुनावको दावेदार थिए । तर पार्टी नेतृत्वले उनलाई टिकट नदिएर गाँउपालिका उपाध्यक्ष समेत रहेकी थापालाई पदवाट राजीनामा गर्न लगाई टिकट दिएपछि असन्तुष्टि चुलिएको हो ।
सोहीक्रममा एमालेको जिल्ला कमिटिमा रहेका धेरै नेता कार्यकर्ता नेकपा प्रवेश गर्न लागेका हुन् । उनीहरु शुक्रवार (आज) दिउँसो १ बजे काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरेर नेकपा प्रवेश गर्न लागेका हुन्। ‘बहुसंख्यक एमालेका जिल्ला कमिटिका साथीहरु आज नेकपा प्रवेश गर्ने कार्यक्रम छ,’ एमालेका एक जिल्ला कमिटि सदस्यले भने ।
फागुन २१ को चुनावमा त्यहाँ एमालेबाट थापा, नेकपाबाट गुरुङका अतिरिक्त कांग्रेसवाट कुमार लुईटेल र रास्वपाबाट विश्वराज पोखरेल उम्मेदवार छन् । कांग्रेसमा पनि सुरुमा टिकट रामहरी खतिवडालेपाएपनि उनको टिकट पनि कुमारले खोसेका थिए । कांग्रेस र एमाले दुवैमा देखिएको असन्तुष्टिले नेकपा उम्मेदवारलाई फाइदा पुग्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०८२, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
पाल्पा २ मा एमालेले उम्मेदवार फेरेको फेरयै
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
पदाधिकारी सुरक्षित गर्ने ओलीको रणनीति