काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। उनले आफू चुनावी राजनीतिमा होमिनुका पछाडिको कारण खुलाएका छन्।
पुनका अनुसार शिक्षा क्षेत्रमा आमूल सुधारका लागि आफूले ल्याउन खोजेका तीन वटा अध्यादेश र चार वटा नियमावलीमा आवश्यक सहयोग नपाएपछि उनी निराश भएका थिए। राष्ट्रपति र संसद्को विधान समितिबाट ती अध्यादेश स्वीकार भएको भए आफू यो निर्वाचनमा नलड्ने मनसायमै नभएको उनको भनाइ छ। “शिक्षा क्षेत्रमा सुधार गरेरै देशलाई समृद्ध बनाउने सोच थियो। तर तीन वटा अध्यादेश ल्याउन सहयोग भएन,” उनले बुधबार सामाजिक सञ्जालमार्फत भने।
उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय बनाउने प्रस्ताव पनि अघि सारेको बताए। तर सो प्रस्ताव मुख्य सचिव तहबाटै रोकिएको उनको आरोप छ। “छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा मुख्य सचिवले अल्झ्याए। त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” पुनले भने।
त्यसपछि शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दी पुगेको र प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको उनले बताए। अब आफू शिक्षा, विज्ञान र प्रविधिलाई केन्द्रमा राखेर चुनावी अभियान अगाडि बढाउने पुनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत : महावीर पुन