काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ ।
केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ ।
केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्रको प्याकिङसमेत सम्पन्न गरेको छ । कूल सात हजार ८४१ बाकस मतपत्र प्याकिङ भइसकेको र १२ हजार ९८९ बाकस भने बाँकी छ ।
प्रत्यक्षतर्फको मतपत्र भने उमेदवारको मनोनय, दाबी विरोधको प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन गर्ने र उमेदवारलाई चुनाव चिह्न प्रदान गरिसकेपछि सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदान स्थलबाट मतपत्र हराएपछि मतदान स्थगित
७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र
हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री
मतपत्र छपाइ अन्तिम चरणमा
प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक
प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी