काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि अझै संघर्ष गर्नुपर्नेमा अवस्था रहेको बताएका छन् ।
उनले २८६२ औँ सोनाम ल्होसारको अवसरमा आज तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै सो विषयलाई जोड दिएका हुन् ।
“तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन र सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको छ, यही विविधता नै हाम्रो राष्ट्रिय एकताको बलियो आधार हो,” संयोजक प्रचण्डले भनेका छन् । उनले सोनाम ल्होसारले विभेदविरुद्ध एकजुट भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा अझ दृढ बनोस् भनी कामना गरेका छन् ।
“सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र नभई पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो । डुक ल्हो ९सर्प वर्ष० लाई बिदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पको सन्देश दिन्छ,” संयोजक दाहाले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, “सबै आदिवासी जनजाति समुदाय र सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको कामना गर्दछु, यस अवसरमा तामाङ समुदायसहित सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य, दीर्घायु, सम्मानपूर्ण जीवन र समृद्ध भविष्यको कामना गर्दछु ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य