सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, ०५ माघ २०८२, ११ : ०६
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले बढेर दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ७७ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस