काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) आज रुकुमपूर्व जाँदैछन् । फागुन २१ गतेको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताका लागि उनी आज रुकुमपूर्व जान लागेका हुन् ।
उनी सल्ले एयरपोटमा जहाजवाट उत्रेर त्यहाँ पार्टी नेता कार्यकर्तासँगको छलफलमा बस्नेछन् । प्रचण्ड बिहान साँढे १० बजे सल्ले एयरपोर्टमा उत्रने तयारी भएको नेकपाका केन्द्रीय सदस्य केशव रावलले जानकारी दिए ।
पार्टीका नेता कार्यकर्ताले प्रचण्डलाई रुकुमपूर्वको कैचीमोड, रुकुमकोटमा स्वागत गर्ने कार्यक्रम रहेको रावलले बताए । प्रचण्ड हरेक पटक निर्वाचन क्षेत्र परिवर्तन गदै चुनाव लडिरहेका छन् । त्यही क्रममा यो पटक उनी रुकुमपूर्वबाट चुनाव लड्न लागेका हुन् ।
यस अगाडी २०६४ को पहिलो संविधानसभामा उनले काठमाडौं १० र रोल्पा २ मा चुनाव जितेका थिए । दोस्रो संविधानसभामा सिराहा ५मा चुनाव जितेका थिए ।
त्यसपछि २०७४ को प्रतिनिधिसभामा प्रचण्डले चितवन ३ र २०७९ मा गोरखा २ बाट चुनाव जितेका थिए । यसपटक भने उनी रुकुमपूर्ववाट चुनाव लड्न लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य