काठमाडौँ । नेपाली काँग्रेसले पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई पुनः पार्टीमा फर्कन आग्रह गरेको छ। लामो समयदेखि निष्क्रिय रहेका तथा विविध कारणले पार्टीबाट अलग भएकाहरूलाई फर्कन आग्रह गरेको हो ।
निर्वाचन आयोगबाट आधिकारिक मान्यता प्राप्त गरेपछि बसेको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि प्रवक्ता देवराज चालिसेले पार्टीमा टाढिएका सबैलाई फेरि काँग्रेसको मूलधारमा फर्कन आह्वान गरिएको जानकारी दिए।
उनका अनुसार पार्टीलाई अझ सुदृढ बनाउने उद्देश्यसहित निष्क्रिय तथा अलग भएका सदस्यहरूलाई पुनः सक्रिय सहभागिताका लागि आह्वान गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०८२, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानेपामा काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी
कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन
सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै