काठमाडौँ । नेपाली काँग्रेसले पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई पुनः पार्टीमा फर्कन आग्रह गरेको छ। लामो समयदेखि निष्क्रिय रहेका तथा विविध कारणले पार्टीबाट अलग भएकाहरूलाई फर्कन आग्रह गरेको हो ।
निर्वाचन आयोगबाट आधिकारिक मान्यता प्राप्त गरेपछि बसेको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि प्रवक्ता देवराज चालिसेले पार्टीमा टाढिएका सबैलाई फेरि काँग्रेसको मूलधारमा फर्कन आह्वान गरिएको जानकारी दिए।
उनका अनुसार पार्टीलाई अझ सुदृढ बनाउने उद्देश्यसहित निष्क्रिय तथा अलग भएका सदस्यहरूलाई पुनः सक्रिय सहभागिताका लागि आह्वान गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०८२, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह
कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेसको देउवा समूहले बोलायो केन्द्रीय समितिको बैठक
केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस
कांग्रेस विभाजित : मध्यरातमा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा