उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०८२, ०९ : ५९
उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको प्रस्तावित सिफारिस सूचीबाट आफ्नो नाम हटाउन पार्टीसँग आग्रह गरेका छन् ।

खड्काले पार्टी कार्यालयका मुख्य सचिवलाई सम्बोधन गर्दै कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस गरिएकोमा आफ्नो नाम हटाइ दिन आग्रह गरेका हुन् । 

उनले केन्द्रीय कार्यालयले सम्बन्धित निकायलाई आफ्नो निवेदनबारे जानकारी गराइदिन पनि अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस