काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।
निर्वाचन आयोगले शुक्रबार साँझ कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्को निर्देशनमा बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।
दोस्रो विशेष महाधिवेशनपछि पार्टीको वैधानिक नेतृत्व गगन थापाको हातमा पुगेसँगै सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको पक्ष अब दलविहीन समूहमा सीमित भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०८२, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक