काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।
निर्वाचन आयोगले शुक्रबार साँझ कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्को निर्देशनमा बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।
दोस्रो विशेष महाधिवेशनपछि पार्टीको वैधानिक नेतृत्व गगन थापाको हातमा पुगेसँगै सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको पक्ष अब दलविहीन समूहमा सीमित भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०८२, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको देउवा समूहले बोलायो केन्द्रीय समितिको बैठक
केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस
कांग्रेस विभाजित : मध्यरातमा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा
गगन-विश्वसहित ३ जना ५ वर्षका लागि निलम्बन
महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवालाई भेट्न महाराजगन्ज जाँदै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै