केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०८२, १० : १७
केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । 

आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पत्रकार सम्मेलनमा पछिल्ला पार्टीका गतिविधि, गगन थापा –विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको विद्रोह, निर्वाचन, पार्टीका गतिविधिबारे जानकारी गराइने बताइएको छ ।