काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताएका छन्।
ठूलाठूला सभा गर्ने पूराना प्रचलन भइसकेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रूपमा जनतासँग भेट हुने गरी घरदैलो अभियानलाई तीव्रता दिने बताएका हुन्।
सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको समायोजन कार्यक्रममा बोल्दै उनले युवा पुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आकर्षित गराउनका लागि सूचना प्रविधिको प्रयोगमा पनि जोड दिने नीति पार्टीले लिने बताए।
संयोजक दाहालले विगतमा गरेर गल्ती नदोहोर्याउने बाचासहित पार्टीको निर्वाचन प्रचारमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे त्यस अवसरमा उनले काठमाडौँ उपत्यकाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी समेत गरे।
संयोजक दाहालले काठमाडौँको समस्या बुझेका सायमीलगायतका नेताहरू आफ्नो पार्टीमा आएकाले पनि काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले विजयी हुने अवस्था आएको तर्क समेत गरेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० पुस २०८२, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड