काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताएका छन्।
ठूलाठूला सभा गर्ने पूराना प्रचलन भइसकेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रूपमा जनतासँग भेट हुने गरी घरदैलो अभियानलाई तीव्रता दिने बताएका हुन्।
सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको समायोजन कार्यक्रममा बोल्दै उनले युवा पुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आकर्षित गराउनका लागि सूचना प्रविधिको प्रयोगमा पनि जोड दिने नीति पार्टीले लिने बताए।
संयोजक दाहालले विगतमा गरेर गल्ती नदोहोर्याउने बाचासहित पार्टीको निर्वाचन प्रचारमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे त्यस अवसरमा उनले काठमाडौँ उपत्यकाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी समेत गरे।
संयोजक दाहालले काठमाडौँको समस्या बुझेका सायमीलगायतका नेताहरू आफ्नो पार्टीमा आएकाले पनि काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले विजयी हुने अवस्था आएको तर्क समेत गरेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० पुस २०८२, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन: प्रचण्ड
वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड
निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन: प्रचण्ड
‘प्रचण्ड’ स्वदेश फिर्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?