कस्तो रहला आज देशभरको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०८२, ०६ : ४२
कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । 

प्रतिक्रिया दिनुहोस