काठमाडौं । संस्थापन पक्षको असहमति र आपत्तिका बीच नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ । आइतबार उद्घाटन भएको विशेष महाधिवेशनको बन्दशत्र आज विहानबाट सुरु हुँदैछ ।
महामन्त्रीद्दयको अगुवाईमा ५६.१२ प्रतिशत प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको मुद्दा बोकेर विशेष महाधिवेशनमा सहभागी भएका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरुको सचिवालयका अनुसार, आइतबार राति ९ बजेसम्म दर्ता भएको विवरणअनुसार २ हजार ६ सय ६२ प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् । कुल प्रतिनिधि संख्या भने ४ हजार ७ सय ४३ छ ।
सम्पर्कमा रहेका र आउँदै गरेका प्रतिनिधिसमेत गरेर ६० प्रतिशतभन्दा बढी सहभागी हुने आयोजकले दावी गरिरहेको छ । तर सस्थापन पक्षले भने प्रचार गरिएजस्तो महाधिवेशन प्रतिनिधिहरुको सहभागिता विशेष महाधिवेशनमा नरहेको दावी गरिरहेको छ । उनीहरुले घरघरमा रहेका महाधिवेशन प्रतिनिधिलाई टेलिफोन गदै बोलाउन थालिएको भन्दै बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी नभएको बताईरहेको छ ।तर जे सुकै भएपनि विशेष महाधिवेशन पक्षधरले आज बन्दशत्रमालिने निर्णयका आधारमा कांग्रेसको एकता वा विभाजनको चित्र कोर्नेछ ।
विशेष महाधिवेशनबाट नेतृत्व चयन हुन्छ या पार्टीका निति र निर्णयका विषयमा संकल्प पारित भएर सकिन्छ ? त्यो भने बन्दशत्रको हलमा निर्भर रहन्छ । तर दुई तथ्य केलाउने हो भने विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नसक्ने सम्भाबना रहेको कांग्रेसका नेताहरु नै बताउँछन् ।
पहिलो, विशेष महाधिवेशन नै नेतृत्व परिवर्तनको लागि बोलाइएको हो । सभापति शेरवहादुर देउवाले तत्काल समाधान नदिए विशेष महाधिवेशनको बन्दशत्रको हलबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने मनस्थितिमा विशेष महाधिवेशनमा सहभागी प्रतिनिधि छन् । जसले पनि नयाँ नेतृत्व चयनसतरै विशेष महाधिवेशन जान सक्ने देखिएको छ ।
दोस्रो, विशेष महाधिवेशनको अगुवाई गरिरहेका महामन्त्री गगन थापा पहिलेदेखि नै पार्टी नेतृत्व परिवर्तन नभई चुनावमा नजाने अडानमा छन् । देउवाकै अनुहार नेतृत्वमा राखेर जाँदा पार्टीले चुनावमा धक्का ब्यहोर्नुपर्ने बुझाईमा थापा छन् । त्यसकारण उनी विशेष महाधिवेशनबाट नेतृत्व समेत परिवर्तन गरेर जानुपर्ने पक्षमै छन् ।
विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको मनोविज्ञान र महामन्त्री थापाको सोच मिलेको देखिन्छ । जसकाकारण कांग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत हुनसक्ने सम्भाबना नै बढी देखिएको छ । विशेष महाधिवेशनको अगुवाई गरिरहेका कांग्रेस नेता गुरुराज घिमिरे नेतृत्व चयन नै विशेष महाधिवेशनको मुख्य मुद्दा भएकोले त्यसमा केन्द्रीत हुने सम्भाबा नै बढी रहेको बताउँछन् । ‘नेतृत्व चयन नै मुख्य काम हो भनेर विशेष महाधिवेशन बोलाइएको हो,’ घिमिरे भन्छन्, ‘अब बन्दशत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरुले दिने सुझावका आधारमा निर्णय हुनेछ ।’
नयाँ नेतृत्वका लागि भने विशेष महाधिवेशन पक्षधर नेताहरुले अहिलेसम्म नेतृत्व चयन प्रक्रियामा जाने कि नजाने भन्नेमा कार्यविधि बनाईसकेको छैन । नेतृत्व चयनका लागि निर्वाचन समितिसमेत बनेको छैन ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले देउवा पक्षको उपस्थिती आजको बन्दशत्रमा खोजिरहेपनि देउवा शेखरहरु भने सहभागी हुने देखिएको छैन । आफना पक्षका नेताहरुलाई सहभागी नहुने परिपत्र गरिसकेको र केन्द्रीय कार्यासमिति बैठकले विशेष महाधिवेशन बोलाउने कुरा अवैधानिक भएको भन्दै दुई दुई पटक निर्णय समेत गरेकोले सहभागी हुने सम्भाबना देखिएको छैन ।
नेतृत्व चयनमा कांग्रेस जाँदा कांग्रेस विभाजनको डिलमा समेत छ । जसकाकारण महामन्त्री विश्वप्रकाश शर्मा भने कार्यावाहक सभापति पूर्णवहादुर खड्का र नेता रमेश लेखकमार्फत सभापति देउवासँग अझै निकास खोज्न संवादमा जुटिरहेका छन् । तर उनले खोजेजस्तो सहमति निस्कने अवस्था कांग्रेसमा छैन । जसले कांग्रेस भूमरीको डिलमा फसेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०८२, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको विशेष महाधिवेशन बन्दशत्रमा के-के हुन्छ ?
कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र
विशेष महाधिवेशनबारे काँग्रेस संस्थापन पक्षले भन्यो : ‘पार्टी फुट्नु हुन्न
१८ सय ३० पुग्यो काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या
कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि