काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ ।
पूर्वमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि काँग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो ।
विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा र्याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दिए ।
भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत रहेको नेता आचार्यले बताए। भोलि भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन उद्घाटन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०८२, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय समितिको म्याद थप्न नहुने काँग्रेस विशेष महाधिवेशन पक्षधरको माग