काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ ।
केही समयदेखि अस्वस्थ रहेका ८४ वर्षीय दाहालको शुक्रबार साँझ काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।
स्वर्गीय दाहालको पार्थिव शरीर शनिबार बिहान ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पणका लागि राखिने र साढे ९ बजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले जानकारी दिए ।
स्वर्गीय दाहालका श्रीमती र दुई छोरा छन् । श्रीमती सुधा दाहाल वीर अस्पतालमा उपचारको क्रममा रहेको बताइएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वीपी विचारका सच्चा अभियन्ता दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०८२, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ