काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनुका साथै बाँकी तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०८२, ०६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु, पहाडी क्षेत्रमा हिमपातको सम्भावना
आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना संगै तराईका अधिकांश स्थानमा हुस्सु